काठमाडौं । सहकारि ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसुरमा उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । उनलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई पक्राउ नगरेको भन्द्र प्रतिपक्ष दल र नेताहरुले चर्को आवाज उठाएका थिए ।