काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ करोड ९३ लाख ५५ हजार पाँच सय १४ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १२ करोड ३८ लाख ४२ हजार चार सय ५२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ४१ करोड ९० लाख रुपैंैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा तीन अर्ब ७८ करोड ३८ लाख ६२ हजार एक सय २६ रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब ६८ करोड ५९ लाख १३ हजार आठ सय १५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७३ करोड ८२ लाख १२ हजार छ सय ९६ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले तीन अर्ब ४० करोड ७९ लाख ८४ हजार ७२ रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ७५ करोड ६७ लाख ४२ हजार नौ सय १४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६० करोड ९२ लाख ५८ हजार ८२ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा सात दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।