काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड १३ लाख ९७ हजार छ सय ५३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार दुई सय रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा एक अर्ब तीन करोड ९६ लाख ५२ हजार चार सय १४ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८७ करोड १५ लाख १६ हजार पाँच सय ६२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड ४७ लाख आठ हजार एक सय २१ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ३४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले ९० करोड ४२ लाख ७९ हजार पाँच सय १५ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७४ करोड ३७ लाख पाँच हजार सात सय ३२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड ९८ लाख ७० हजार छ सय ५० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।