काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४८ करोड ८१ लाख ३० हजार ६२ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २१ करोड १३ लाख ११ हजार एक सय ९४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा तीन अर्ब ४९ करोड २६ लाख २६ हजार छ सय २१ रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ३७ करोड २९ लाख ६३ हजार तीन सय २१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८५ करोड ७७ लाख ९६ हजार एक सय सात रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब ५४ करोड ४६ लाख नौ हजार दुई सय १२ रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ४१ करोड ८६ लाख छ हजार पाँच सय १६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६४ करोड ६५ लाख ७४ हजार नौं सय ३४ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा छ दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।