काठमाडौं । जीवन बीमा कम्पनीहरूबीच पहिलो सफल मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६ वर्षको गरिमामय यात्रा पूरा गरी १७औँ वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा कम्पनीका अध्यक्ष, सञ्चालक, निवर्तमान सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनलगायत विभागीय प्रमुखहरू र १५ वर्षभन्दा बढी अवधि सेवा गरी सम्मान प्राप्त गर्ने २१ जना कर्मचारीको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कम्पनीको बलियो वित्तीय अवस्था, विश्वसनियता र हासिल गरेका सूचाङ्कको उन्नति र उत्कृष्टताको लागि आभार प्रकट गर्दै सदैव कम्पनीले अवलम्बन गरेका नवीनतम प्रविधि, समय सापेक्ष ग्राहकमैत्री सेवाहरू प्रतिप्रतिबद्ध रही आगामी दिनमा पनि कम्पनीको गरिमा र साख वृद्धि गर्दै अझ बृहत् र अझ विशाल बनाउने यात्रामा निरन्तर अघि बढ्ने प्रण गर्दै सम्पूर्ण शुभेच्छुक तथा सरोकारवालालाई हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गरे । प्रमुख कार्यकारी अधिकृत खत्रीले कर्मचारीहरूको हकहित, सिप तथा व्यक्तित्व विकास नै कम्पनीको प्रमुख प्राथमिकतामा रहेको र सूर्यज्योतिमा कर्मचारीहरूले एउटा पारिवारिक वातावरणको अनुभव गर्न पाउने बताए ।
साथै, कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू, नवीनतम सेवामा विस्तार गर्ने, कम्पनीको सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए । कम्पनीले यो आर्थिक वर्ष २०८१÷८२ अन्त्यसम्ममा हालसम्मकै उत्कृष्ट व्यवसाय गरी इतिहास रच्ने लक्ष्य लिएको खत्रीले प्रष्ट पारे । साथै, उक्त अवसरमा कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले उपलब्धिमूलक यस यात्रामा हामीलाई विश्वाश गरी अटुट सम्बन्ध राख्नुहुने आदरणीय ग्राहक, अविरल साथ दिनुहुने आदरणीय अभिकर्ताहरू, अहोरात्र खट्ने कर्मचारीहरू, निरन्तर विश्वास गरी हातेमालो गर्नुहुने सेयरधनी महानुभावहरू, सदैव मार्गनिर्देश गर्नुहुने नियमनकारी निकायहरू, व्यावसायिक साझेदारलगायत सम्पूर्ण सरोकारवालाहरूमा दिएको साथ र योगदानका लागि कृतज्ञताका साथ धन्यवाद ज्ञापन व्यक्त गरे ।
सञ्चालक समिति सदैव संस्थागत सुशासन, स्वच्छ व्यवस्थापन कार्यशैली र नीतिनियमको परिधिभित्र रहीअघि बढेकोमा आगामी दिनहरूमा झन् बलियोरूपमा यसको अवलम्बन गर्नेमा ढुक्क रहेको सञ्चालक समिति सदैव संस्थागत सुशासन, स्वच्छ व्यवस्थापन कार्यशैली र नीतिनियमको परिधिभित्र रहीअघि बढेकामा आगामी दिनमा झन् बलियोरूपमा यसको अवलम्बन गर्नेमा ढुक्क रहेको साथै कर्मचारीहरूको वृत्ति विकासको लागि प्रतिबद्ध रहेको अध्यक्ष भट्टराईले बताए । कम्पनीले नवीनतम प्रविधिमा जोड दिँदै तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्किँदै भर्खरै जीवन बीमा क्षेत्रमा नेपालकै पहिलो अनलाइनमार्फत सजिलै लोन लिन सकिने सूर्यज्योतिका बीमित तथा अभिकर्ताहरूको हितलाई मध्यनजर गर्दै सूर्यज्योति केयर्स डिजिटल कार्डको सेवा शुभारम्भ गरिसकेको छ ।