इनरुवा (सुनसरी) । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि खुला सीमाका कारण यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नेपाल–भारत सीमा खुला भएका कारण यहाँ कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको जानकारी दिए । जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताए ।
सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको बताए ।