काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको बत्तीसपुतली शाखा स्थानान्तरण गरेको छ । बैंकका अनुसार साविक भवन/स्थानबाट स्थानान्तरण गरी बत्तीसपुतली वडा नं ९ स्थित राममन्दिर जाने बाटोसँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट यही वैशाख १४ गतेदेखि बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याइएको हो ।
शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले अन्य उच्चपदस्थ कर्मचारी तथा अतिथिहरूको उपस्थितिमा गरेका हुन् । बैंकले नेपालभर फैलिएका एक सय ७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, दुई सय ८४ एटीएम, आठ हजारभन्दा बढी पस टर्मिनल र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट आफ्ना ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।