काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन झण्डै चार अंकले उकालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार १४ दशमलव ५३ अंकले ओरालो लागेर २६ सय ४७ दशमलव शुन्य सात बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५९ अंकले ओरालो लागेर चार सय ४५ दशमलव ४८ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २७ वटा कम्पनीहरुको ७६ हजार नौं सय ९८ पटकको कारोबारमा दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ९१ करोड २८ लाख ४३ हजार नौं सय १९ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।