त्यसो त चोमोलुङ्मा हिमाल चढ्ने सन्दर्भमा कुरो गर्दा आफ्नो जीवनमा एकपटक भए पनि चोमोलुङ्मा चढेर नाम कमाउन कसले चाहँदैन ? त्यसमा पनि पर्वतारोहणमा रूचि राख्नेहरूमा यो कुरो प्रायः लागू हुन्छ । त्यसैले विश्वकै अग्लो हिमचुचुरो चोमोलुङ्मा चढेर नाम राख्नकै लागि पनि विश्वभरिका पर्वतारोहीहरू लाखौं अमेरिकी डलर खर्च गरेर चोमोलुङ्मा चड्न आउने गर्छन् । यसरी सर्वसाधारणको सामान्य आँखाले हेर्दा पनि चोमोलुङ्मा–‘सगरमाथा–‘एभरेस्ट’ चढ्नु भनेको कति गौरवशाली हुनु हो, कति मान सम्मानित र इज्जत पाइनु हो ? त्यो कल्पनाभन्दा बाहिरको कुरा हो ।
यो वर्षको वसन्त ऋतुको सिजनका लागि चोमोलुङ्मा चढ्नेहरूका लागि बाटो (खास गरी खुम्बु आईसफलमा भ¥याङ राख्ने र डोरी टाङ्ने काम) बनाउने काम सकिइसकेको भन्ने समाचार आएका छन् । तर अहिलेसम्मको अवस्था हेर्दाखेरि चोमोलुङ्मा’ चढ्नका लागि विगतमा जस्तो भीडभाड वा भनौं धेरै ठूलो संख्या पर्वतारोहरीहरू नआउनेजस्तो देखिन्छ । किनभने हाल (वैशाख पहिलो हप्ता) सम्म जम्मा दुई सय १४ जना विभिन्न देशका पर्वतारोहीले मात्रै चोमोलुङ्मा चढ्न भनी अनुमति लिएको भनी समाचार बाहिरएको छ । त्यसमा ३८ जना महिला र एक सय ७८ जना पुरुष पर्वतारोही रहेका छन् । त्यसो त भर्खर अप्रिल महिनाको तेस्रो हप्ता चलिरहेको हुँदा अझै पनि १२–१५ दिनसम्म पर्वतारोहीहरूले चोमोलुङ्मा चढ्न अनुमति लेलान्, चोमोलुङ्मा चढ्न आउलान् भन्ने आशा राखौं । स्मरणीय कुरा के छ भने पछिल्लोपटक चोमोलुङ्मा हिमशिखरको उचाइ ८८४८.८६ मिटर अग्लो मानिएको छ । यो विश्वकै अग्लो हिमशिखरमा पर्छ । सौभाग्यवश चोमोलुङ्मा हिमशिखर हाम्रै नेपालमा रहेको छ । त्यस्तै, गरेर चोमोलुङ्मामाथि प्रथम विजय सन् १९५३ मे २९ तेन्जिङ नोर्गे शेर्पा नेपाल र एडमण्ड हिलारी न्युजिल्यान्डले गरेका थिए । उनीहरू बेलायती पर्वतारोही टोलीमा सहभागी भएका थिए भने उक्त टोलीको नेतृत्व बेलायती नागरिक लर्ड जोन हन्टले गरेका थिए ।
त्यस्तै, गरेर सर्वप्रथम महिला ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ चढ्न सफल हुने महिला पर्वतारोहीको नाम लेख्ने सौभाग्यचाहिँ जापानकी जुन्को ताबेईले पाएकी छिन् । उनले सर्वप्रथम मानवले ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ चढेको ठ्याक्कै २२ वर्षपछि अर्थात् सन् १९७५ मे १६ मा सफलतापूर्वक ‘चोमोलुङ्मा–सगरमाथा–एभरेस्ट’ चढेकी थिइन् । उनी सम्मिलित आरोहण दलको नेतृत्वचाहिँ मिचिओ युआसाले गरेका थिए । त्यस्तै, गरेर नेपाली प्रथम चोमोलुङ्मा चढ्ने महिला आरोहीको नामचाहिँ–‘पासाङल्हामु शेर्पा हो ।’ स्मरणीय छ, उनले सन् १०९३ को अप्रिल २२ मा सफलतापूर्वक चोमोलुङ्मा चढेकी थिइन् । त्यस्तै, हालसम्म धेरैपटक चोमोलुङ्मा चढ्ने महिलाको कीर्तिमान पनि नेपाली महिला पर्वतारोही ल्हाक्पा शेर्पाले राखेकी छन् । उनले १० पटकसम्म चोमोलुङ्मा चढेकी छन् । ल्हाक्पा शेर्पाले त्यसरी सबैभन्दा धेरैपटक चोमोलुङ्मा चढेर प्रथम महिला पर्वतारोहीको विश्व कीर्तिमान राख्ने क्रममा तीनपटक तिब्बततर्पmबाट चढेकी हुन् भने्, सात पटकचाहिँ नेपालतर्फबाट चढेकी हुन् । त्यसैगरी चीन–नेपाल दुवैतर्फबाट चोमोलुङ्मा चढ्ने प्रथम महिला पर्वतारोहीचाहिँ रसियाकी क्यान ओ डोड हुन् । उनले सन् १९९६ मे २५ मा दक्षिणबाट र सन् १९९९ मा उत्तरतर्फबाट चोमोलुङ्मा चढेकी थिइन् । त्यसैगरी उमेरको हिसाबले सबैभन्दा पाको उमेरकी चोमोलुङ्मा चढ्ने महिलाको कीर्तिमान पनि जापानकी तामा वान्तानामेले राखेकी छन् । स्मरणीय के छ भने तामा वान्तानामेले सन् २०१२ मे २५ मा चोमोलुङ्मा चढ्दा उनको उमेर ७९ वर्ष पुगेको थियो । त्यसअघि पनि वान्तानामेकै नाममा सबैभन्दा बढी उमेरमा चोमोलुङ्मा चढ्ने महिलाको कीर्तिमान रहेको थियो । त्योबेला (सन् २००२ मे १६ मा) चोमोलुङ्मा चढ्दा तामा वान्तानामेको उमेर ६३ वर्ष रहेको थियो । त्यस्तै, गरेर सबैभन्दा कम उमेरमा चोमोलुङ्मा चढ्ने प्रथम महिलाको कीर्तिमान भारतकी मलायात पूर्ना (मालायाथ पूर्णा विदेशी भाषाको नाम उच्चारणमा फरक हुन सक्छ) हुन् । स्मरणीय छ, उनले १३ वर्ष, ११ महिनाको उमेरमा चीन तर्फबाट सन् २०१४ को मे २५ मा चोमोलुङ्मा चढेकी थिइन् । त्यस्तैगरी विश्वभरिका महिला पर्वतारोहणी तथा नेपाली नेपाली महिला पर्वतारोहीहरूले चोमोलुङ्मा चढ्ने क्रममा राखेको विभिन्न कीर्तिमानहरूका सम्बन्धमा कुरो गर्दाखेरि पहिलोपटक ‘चोमोलुङ्मा’ शिरमा विवाह गर्ने जोडीको विश्व कीर्तिमान पनि नेपाली पर्वतारोहीद्वय मोनी मुलेपती र पेम दोर्जे शेर्पाले राखेका थिए । उनीहरूले सो कीर्तिमान सन् २००५ मे ३० तारिका दिन राखेका थिए ।
जे होस्, चोमोलुङ्मा चढ्ने महिला पर्वतारोहीहरूका सम्बन्धमा कुरो गर्दाखेरि अहिलेसम्म (सन् २०२४ डिसेम्बर) आठ सय ८३ जना विश्वका विभिन्न देशका महिलाहरूले सफलतापूर्वक चोमोलुङ्मा चढी सकेका छन् (स्रोतः सगरमाथा आरोही तथा पर्वतारोहण प्रशिक्षक अलान/एलेन आर्नेट्टेको ब्लग ।) त्यसरी विश्वकौ अग्लो हिमशिखर चोमोलुङ्मा चढ्ने आठ सय ८३ जना महिलामध्ये ६६ जना नेपाली महिला रहेका छन् (तथ्याङ्क स्रोतः ‘माउन्टेनियरिङ इन नेपाल फ्याक्टस् एन्ड फिगरस–२०२४ । प्रकाशकः नेपाल सरकार मातहत रहेको पर्यटन विभाग ।)
यसरी हेर्दा ‘चोमोलुङ्मा’ एक मात्रै विश्वको अग्लो हिमालका रूपमा रहेको छ । तर, पनि चोमोलुङ्माको शिरमा चाहिँ विभिन्न देशका पर्वतारोहीहरूले अनेकौं, सुन्दै अचम्म लाग्ने खालका कीर्तिमानहरू गरिसकेका छन् । हत्तपत्त विश्वास गर्नै नसकिने अनौँठा–अनौँठा कीर्तिमान कायम भएका छन् । जस्तै, कीर्तिमान राख्ने कुरो गर्दाखेरि चोमोलुङ्माको शिरमा विवाह गरेर पहिलो नेपाली जोडी बन्ने त्यस्तै गरेर पहिलो विदेशी विवाहित विदेशी जोडी बन्ने, बेलुनिङ गरेर तल झर्ने, स्किइङ गरेर तल झर्ने, प्याराग्लाइडिङ गरेर तल झर्ने, नेपाली पत्रकार, विदेशी पत्रकार, महिला पत्रकार, पुरुष पत्रकार, एक्लै चढ्ने, विनाअक्सिजन चढ्ने, २१ घण्टासम्म ‘चोमोलुङ्मा’को शिरमा बसेर समय बिताउने, सबैभन्दा छिटो चोमोलुङ्मा चढ्ने, भेजेटेरियन भएर ‘चोमोलुङ्मा’ चढ्ने, एचआई÷एड्स रोगी भएर पनि चोमोलुङ्मा चढ्न सफल, क्यान्सर रोगी भएर पनि चोमोलुङ्मा चढ्न सफल, दुवै खुट्टा नभएर पनि (कृत्रिम खुट्टाले चढ्ने), फोक्सो रोगी, मृगौला रोगी, दुवै आँखा नदेख्ने (अन्धो), दुवै कान नसुन्ने (बहिरो) चोमोलुङ्मा चढ्ने, जुन चोमोलुङ्माको शिरमा किताब विमोचन गर्ने–गराउने, चोमोलुङ्माको शिरमा गीति एल्बम विमोचन गर्ने आदि इत्यादि अनेकौं प्रकारका कीर्तिमानहरू कायम भएका छन् ।
अहिलेसम्म कयौं शेर्पा पर्वतारोहीले त कम्तीमा पनि ६–७–८–९–१० पटकदेखि लिएर ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ एवम् प्रकारले २८–२९ देखि ३० पटकसम्म चोमोलुङ्मा चढिसकेका छन् । यसै क्रममा यो वर्ष कामीरिता शेर्पाले ३१औँ पटक चोमोलुङ्मा चढेर विश्वमै दुर्लभ कीर्तिमान कायम गर्दै छन् । स्मरण रहोस्, उनले गत वर्ष मात्रै एकै सिजनमा दुईचोटि चोमोलुङ्मा चढेर ३० औँ पटक चोमोलुङ्मा चढ्ने एक मात्रै कीर्तिमानी भएका छन् ।