काठमाडौं । बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले विशेष ग्राहक केन्द्रित अभियान ०–५–१० को घोषणा गरेको छ । यसले प्रत्येक बीवाईडी ग्राहकलाई दीर्घकालीन मूल्य, विश्वसनियता र मानसिक शान्ति प्रदान गर्ने कम्पनीको निरन्तर प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने जनाइएको छ ।
सीमित समयका लागि प्रदान गरिने अफरअन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकले विशेष सुविधा प्राप्त गर्नेछन् । कम्पनीको पाँच वर्षसम्म शून्य सर्भिसिङ मूल्य सुविधामा निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज प्राप्त गर्नेछन् । यसमा लेवर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्टलगायतका कन्जुमेबल समावेश हुनेछ । कम्पनीले सिफारिस गरेको सर्भिस तालिकाअनुसार पाँच वर्षसम्मका लागि यो सुविधा उपलब्ध हुनेछ ।
यस्तैगरी १० वर्ष वा दुई लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टीमा प्रत्येक ग्राहकले ब्याट्री र मोटरमा १० वर्ष वा दुई लाख किलोमिटरमध्ये जुन पहिले आउँछ, त्यही वारेन्टी सुविधा पाइनेछ । कम्पनीका अनुसार यो ईभी उद्योगमै सबैभन्दा धेरै पाइने वारेन्टी हो, यसले गुणस्तरीयता, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रति बीवाईडीको दीर्घकालीन प्रतिबद्धतालाई पुनःपुष्टि गर्छ ।