काठमाडौं । थोमस मोर युनिभर्सिटी (टीएमयू) ले नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । युनिभर्सिटीको प्रतिनिधिमण्डलले नेपालमा विशेष सत्र आयोजना गरी नेपाली विद्यार्थीको लागि ब्याचलर प्रोग्राममा ५० प्रतिशतसम्मको छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिएको हो ।
यस्तै, कार्यक्रममा थोमस मोर युनिभर्सिटीले सस्तो शिक्षा र गुणस्तरीय शिक्षाको संयोजन गर्दै नेपाली विद्यार्थीका लागि विभिन्न विकल्पका बारेमा जानकारी गराएको थियो । नेपाली विद्यार्थीका लागि शिक्षा अवसरका बारेमा जानकारी दिन र युनिभर्सिटीसँगको साझेदारीलाई थप मजबुत बनाउने उद्देश्यले सो कार्यक्रम राखिएको युनिभर्सिटीका प्रतिनिधिले जानकारी दिएका थिए ।
कार्यक्रममा युनिभर्सिटीकी ग्लोबल रि–क्रुटमेन्ट डाइरेक्टर स्टेसी मारी लभले नेपालका विद्यार्थीका लागि उपलब्ध समर्थन सेवाहरू र करियर आउटकम्सका बारेमा जानकारी दिएकी थिइन् । ग्लोबल युनिभर्सिटी सर्चका होस्टले उक्त कार्यक्रमको संयोजन गरेको थियो । ग्लोबल युनिभर्सिटी सर्च नेपालमा थोमस मोर युनिभर्सिटीको विशेष एड्मिसन पाटर्नर हो । थोमस मूर विश्वविद्यालय मास्टर इन पब्लिक हेल्थ कार्यक्रमहरूको लागि प्रसिद्ध छ ।