काठमाडौं । शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ । अघिल्लो दिन १४ अंकले खुम्चिएको नेप्से परिसुचक आज मंगलबार पुन १५ दशमलव आठ अंकले ओरालो लागेर २६ सय ३१ दशमलव ९८ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले ओरालो लागेर चार सय ४३ दशमलव ५४ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको ६६ हजार दुई सय ६५ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ८४ लाख ९१ हजार नौं सय ४१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ५७ करोड ५२ लाख छ हजार दुई सय ७८ रुपैंयाँको शेयर कारोबार भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।