काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको पछिल्लोपटक बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई सात प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । साथै, कर प्रयोजनार्थ शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा पनि कम्पनीले गरेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले बैठकले गरेको निर्णय नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।