काठमाडौँ । नेपाल प्रहरीले कमलादीस्थित प्रज्ञा भवन परिसरबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बुधबार पक्राउ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले टिकापुर घट्नाका सन्दर्भमा सर्वोच्च अदालतबाट फैसला कार्यान्वयनका लागि अधिकृत खटिएकाले सोही आदेशानुसार पक्राउ गरी डिल्लीबजार कारागार लगिएको जनाएको छ । प्रज्ञा भवनमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच बुधबार एकता हुने कार्यक्रम तय गरिएको थियो ।