काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शिक्षकहरूसँग आज दिनभरमा सहमति भएर भोलिदेखि शिक्षकहरू विद्यालय फर्कने बताए ।

उनले विगतमा पनि शिक्षकहरूले नै शिक्षामन्त्रीसँग वार्ता नगर्ने भनेका कारण आन्दोलन लम्बिएको भन्दै पछिल्लो समयको वार्ताका लागि निवर्तमान शिक्षामन्त्रीले बनाएको खाकाअनुसार नै वार्ता अघि बढेको बताए ।