चितवन । नेपालका लागि काइयी मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी प्रालि र जीओ अटोमोबाइल्स प्रालिलाई संयुक्तरूपमा ‘मोस्ट प्रोमिसिङ पार्टनर’ पुरस्कारबाट सम्मान गरिएको छ ।
चीनको यिबिनमा आयोजित काइयी अटो ग्लोबल बिजनेस सम्मेलन २०२५ मा सो पुरस्कार प्रदान गरिएको हो । यो पुरस्कारले लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सलाई नेटवर्कभरिका ५० क्षेत्रीय वितरकहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने वितरकहरूमा उभ्याएको कम्पनीको दाबी छ । यसले नेपाली बजारमा बलियो वृद्धि क्षमता र प्रभावकारी प्रदर्शनलाई प्रतिविम्बित गरेको छ । कम्पनीका अनुसार सम्मानले लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको नेपाली बजारमा काइयी सवारी साधनहरूलाई ग्राहकसम्म पु¥याउने र प्रवद्र्धन गर्ने उत्कृष्ट प्रयासप्रतिको प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ भने उनीहरूको ग्राहकलाई सन्तुष्ट बनाउने र सम्भावित वृद्धिप्रतिको प्रतिबद्धतालाई पनि प्रमाणित गरेको छ ।
काइयी नेपालले लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्समार्फत नेपाली उपभोक्ताहरूको विशिष्ट आवश्यकताहरू र प्राथमिकताहरू पूरा गर्न डिजाइन गरिएका नयाँ मोडेलहरूको रोमाञ्चक लाइनअप सुरु गर्ने तयारी गरेको जनाएको छ । यी सवारी साधनहरूले उत्कृष्ट सुविद्या, परफरमेन्स र ग्राहकको सन्तुष्टिसहितको मूल्य निर्धारणको प्रतिबद्धता गर्नेछ ।