काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ बजाज पल्सर एन१६० र पल्सर एन१२५ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभलमा सार्वजनिक यी दुई नयाँ मोडलहरूले पावर, प्रविधि, र डिजाइनको संयोजन मार्फत बजाज प्रेमीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ । नयाँ बजाज पल्सर एन१६० मा एक सय ६४ दशमलव ८२ सीसीको सिँगल–सिलिन्डर, एयर–कूल्ड, एसओएचसी, २–भल्व इन्जिन समावेश रहेको छ जसले १६ पीएस (११ दशमलव सात किलोवाट) ब्रेक हर्स पावर र १४ दशमलव ६५ एनएमको टर्क दिन्छ । पाँच गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ । यसमा डुअल–च्यानल एबिएस, ३७ मिमि अपसाइड डाउन फक्र्स, र नाइट्रोक्स मोनोसक सस्पेन्सनजस्ता उत्कृष्ट विशेषताहरू समावेश छन् । डुअल च्यानल भ्यारियन्टमा उपलब्ध विशेषताहरूका अतिरिक्त टर्न–बाइ–टर्न (टीबिटी) नेभिगेसन, एबीएस (एबीएस) राइड मोड डिस्प्ले उपलब्ध छन् ।
त्यसैगरी पल्सर एन१२५ मा एक सय २४ दशमलव ५८ सीसीको एयर–कुल्ड, सिँगल स्पार्क, २–भल्व इन्जिन रहेको छ । यसले १२ पीएस को अधिकतम शक्ति र ११ एनएम को अधिकतम टर्क दिन्छ । यसमा ५–स्पिड ट्रान्समिसन र काउन्टर ब्यालेन्सरजस्ता विशेषताहरू समावेश छन् । यो मोडलमा उत्कृष्ट इन्धन सक्षमता रहेको छ । उक्त सार्वजनिक कार्यक्रममा गोल्छा ग्रुपका मार्केटिङ हेड अमित राज चालिसेले पल्सर ब्रान्ड सधैं पर्फमेन्स र इनोभेसनको प्रतिकको रूपमा चिनिने बताए । उनका अनुसार एन१६० ले पावर र डिजाइनअन्तर्गत बजारमा आफ्नो स्थान बनाउँछ भने एन१२५ले इन्धन सक्षमता र सहज सवारी अनुभवको नयाँ परिभाषा दिनेछ ।
मस्कुलर र एरोडाइनामिक प्रोफाइलको साथ डिजाइन गरिएको पल्सर एन१६० मा उत्कृष्ट डिजाइनको १४ लिटर फुएल ट्याङ्क, आरामदायी सिट र स्टाइलिस १७ इन्चको ट्युबलेस टायर दिइएको छ । सात सय ९५ मिलिमिटरको सिटको उचाइ र एक सय ६५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेकाले यो सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त छ । त्यस्तै, पल्सर एन१२५को सात सय ९५ मिलिमिटर सिट उचाइ, एक सय ९८ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र एक सय २५ किलोग्राम केर्ब वजनले यसलाई नेपाली सडकका लागि उत्तम बनाउँछ । वैशाख २१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने ग्रान्ड कार्निभलमा यी मोडलहरू खरिद गर्न तथा बजाजको नजिकको बजाज सोरुमबाट पनि किन्न सकिने छ । साथै, बजाजको यस ग्रान्ड कार्निभलमा टेस्ट राइडको समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
यस अवसरमा उपस्थित ग्राहकलाई विशेष सुविधाहरू पनि उपलब्ध छन्, जसमा स्थानमै फाइनान्स, २० भन्दा बढी भ्यालुएटरहरूबाट ग्यारेन्टी गरिएको उच्चतम भ्यालुएसन, जिरो सर्भिस चार्ज र बजाजको ‘खुसीको मिटर’ योजनाअन्तर्गत नगद र अन्य पुरस्कार जित्ने मौका पाउनेछन् ।