बुधवार सर्वाेच्च अदालतमा तनाव र रमिता दुवै थियो । तनाव यसमानेमा कि नभएको आदेश प्रयोग गरेर एउटा दलको नेतालाई फर्जी पत्रका आधारमा समातिएको थियो, रमिता यसमानेमा कि यस्तो पहिले नेपालको सर्वाेच्च अदालतमा कहिल्यै भएको थिएन । कैलाली घट्ना पिडितको आत्मालाई शान्ति दिन भनी फर्जी पत्र पठाएर कैलाली घट्नाका शुत्राधार र हालका हिजो पक्राउ भई पांच घण्टापश्चात रिहा भएका नेता रेशम चौधरीलाई पक्राउ गर्ने सर्वाेच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टमाथि कस्तो कारबाही होला ? यस्तै प्रकृतिको घट्ना २०१७ मा भारतको कलकत्ता उच्च न्यायालयका एकजना न्यायाधीश सीएस करणले गरेका थिए । न्यायाधीश करणले त यतिसम्म हरकत गरे कि उनले सर्वाेच्च अदालतका तत्कालिन वहालवाला प्रधानन्यायाधीश जेएस खेर, वहालवाला न्यायाधीशहरु दिपक मिश्र, जे चेलमेश्वर, रन्जन गगोई, मदन वि लोकुर, पिनाकी चन्द्र घोष र कुरियान जोसेफका विरुद्ध पक्राउ पूर्जी समेत जारी गरेका थिए । सर्वाेच्च अदालतको अवहेलना मुद्दामा सर्वाेच्च अदालतबाट समाव्हान जारी भएपछि तिल्मिलाएका कलकत्ता उच्च न्यायालयका न्यायाधीश करणले त्यसको प्रतिवादमा भ्रष्टाचारी न्यायाधीशले आफूलाई उपस्थिति गराएर एउटा सक्षम न्यायाधीशको तेजोबध गरिएको भन्दै प्रधानन्यायाधीश र ६ जना न्यायाधीश विरुद्ध धरौटी नपाउनेगरी पक्राउपूर्जी जारी गरेका थिए । अदालत र न्यायाधीशले भ्रष्टाचार गर्छन् भन्ने उनको एउटा मन्तव्यपछि उनलाई अदालतको अवहेलनाको मुद्दामा उपस्थित हुन समाव्हान जारी गरिएको बद्लामा ती उच्चका न्यायाधीशले राष्ट्रपति, प्रधामन्त्री र कानुनमन्त्रीलाई पत्र नै लेखेर प्रधानन्यायाधीश र ६ जना न्यायाधीश भ्रष्टाचारी हुन् भनेर उजुर समेत गरेको विषय त्यसवेलाका संचारमाध्यमहरुमा पढ्न पाइन्छ । भारतीय सर्वाेच्च अदालतले कलकत्ता उच्च न्यायालयका ती न्यायाधीश करणको मानसिक स्वास्थ परीक्षण गर्न आदेश मात्रै दिएन, उनले समेत प्रधानन्यायाधीश र छ जना न्यायाधीशको मानसिक परीक्षण गर्न प्रहरीउपर आदेश फर्माएका थिए । अन्ततोगत्वा सर्वाेच्च अदालतले उनलाई अदालतको अवहेलनामा ६ महिनाको कैद गरेर मुद्दा शान्त भएको थियो । हाम्रो सर्वाेच्च अदालतका अधिकृत महिमानसिंहले पनि आफ्नो अभिमान कायम राख्न हिजो एउटा ताण्डवनृत्य मच्चाएका छन् । कतिपय अभिमानसिंहहरु यस्तो कृत्यमा उभिनेगरेका छन् । अनन्त राज लुइँटेल को फेसबुकबाट