काठमाडौं । मेडिकल माफिया विशाल पण्डितविरुद्ध १९ करोडको मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीबिरुद्ध १९ करोड ६४ लाख १३ हजार १२० रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । मद्येश प्रदेश सरकारले मद्येश प्रदेश निदान केन्द्र सञ्चालनका लागि स्वास्थ्य उपकरण खरिद गर्ने क्रममा अनियमितता गरेको अभियोगमा उनी सहिततत्कालीन प्रदेश सचिव इमनारायण श्रेष्ठसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मेडिकल माफियाको छबी बनाएका पण्डित हालका प्रधानमन्त्री सहित पूर्व प्रधानमन्त्रीहरुको बेडसम्म पुग्न सक्ने मान्छे भनेर बाहिर चर्चामा आएका थिए ।