काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई हाल कायम रहेको चुक्ता पुँजीको शतप्रतिशत अर्थात् एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।
नेपाल धितोपत्र बोर्डको अनुमतिअनुसार अब कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३८ करोड ६९ लाख ७७ हजार पाँच सय रुपैयाँ बराबरको ३८ लाख ६९ हजार सात सय ७५ कित्ता हकप्रद सेयर सेयर जारी गर्नेछ । हाल चुक्ता पुँजी ३८ करोड ६९ लाख रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँको हाराहारीमा पुग्नेछ । हकप्रद सेयर बिक्रीको लागि कम्पनीको सेयर बिक्री प्रबन्धकको रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।