काठमाडौं । सेन्ट्रल फाइ नान्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । फाइनान्सको पछिल्लो पटक बसेको तीन सय ५१ औँ सञ्चालक समितिको बैठकले यही जेठ चार गते आफ्नो २८ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।