काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकको आकस्मिक समयमा राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने भनेका छन् । केआइआइटीमा विद्यार्थी असुरक्षित भएका र शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरुले एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
केआइआइटीका लागि एनओसी रोक्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की सांसद मदनकुमारी साहलेअभिभावकलाई पनि सचेत हुन आग्रह गरिन् । त्यस्तै राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए ।
आकस्मिक समयमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह, नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय र जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिदले केआइआइटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर प्रयास गर्नुपर्ने माग गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सुमित्रा विसी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की गङ्गाकुमारी बेल्वासेल ेघटनाको छानबिन र दोषीमाथि कारबाही गर्नको लागि माग गरेका थिए ।