काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् । राज्यमन्त्री गर्बुजाले प्रधानमन्त्री निवास, बालुवाटरमा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

बालुवाटरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायतको उपस्थित थियो ।