काठमाडौ । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ थप गरेको घोषणा गरेको छ । यस ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ मार्फत ग्राहकहरुले राती १२ बजेसम्म आफ्नो मनपर्ने खाना अर्डर गर्न सक्नेछन् ।
फुडमाण्डुकी ब्राण्ड एंड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले ग्राहकहरूको जीवनशैली र आवश्यकता अनुसार सेवाहरु पनि थप गर्दै गइरहेको जानकारी दिईन् । ग्राहकहरुको आवश्यकता बुझेर नै मध्यरात्रि फुड डेलिभरी सेवा थप गरेको उनको भनाई छ । कम्पनीका अनुसार शुरुवाती चरणमा, यो सेवा काठमाडौं उपत्यकाको रिङ्गरोड र वरिपरिका क्षेत्रहरुमा उपलब्ध छ । यसले ग्राहकहरूको मागलाई पुरा गर्ने तथा फुडमाण्डुको सेवामा समेत वृद्धि ल्याउने अपेक्षा गरिएको छ ।
आगामी दनिहरुमा काठमाडौंको अन्य ठाउँहरुमा पनि यो सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । हाल फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका १ हजार भन्दा बढी रेस्टुरेन्टहरूमार्फत खाना डेलिभर गर्दै आएको छ ।