महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित बिदामा सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको छ ।

यही वैशाख २१ गते जारी सूचनाअनुसार गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २३ गते मंगलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।