काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सोमबार बिहान बूढानीलकण्ठस्थित देउवा निवास पुगेर उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे परामर्श गरेका छन् ।

अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएका छन् ।