काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४३ करोड २१ लाख २३ हजार तीन सय नौ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २५ करोड २९ लाख ८१ हजार छ सय ५८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ८६ करोड ८२ लाख ८५ हजार छ सय ९६ रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा १० अर्ब ६० करोड ७३ लाख ३१ हजार सात सय ६५ रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब एक करोड ९८ लाख ४५ हजार पाँच सय ९३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ४९ करोड १६ लाख ५९ हजार दुई सय २८ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव ९९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले नौ अर्ब ६० करोड ६४ हजार तीन सय १६ रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब १६ करोड ९७ लाख ४८ हजार नौ सय ९९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९७ करोड ९० लाख ८५ हजार चार सय ३० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा आठ दशमलव २५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव ३८ प्रतिशत रहेको थियो ।