काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई करोड १४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड २७ लाख पाँच हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी सात करोड ८३ लाख ४३ हजार दुई सय ८० रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा ९४ करोड ७१ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५१ करोड ६४ लाख ५९ हजार सात सय १० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड ८६ लाख ३३ हजार एक सय ४० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ६० लाख ८९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात १५ दशमलव शून्य आठ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ८४ करोड ५७ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४६ करोड २२ हजार नौ सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ६४ लाख ९० हजार आठ सय २० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १३ करोड २० लाख २४ हजार दुई सय ६० रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात ११ दशमलव ९४ प्रतिशत रहेको थियो ।