काठमाडौं । नेपालमा ओपन–सोर्स प्रविधि र साइबर सुरक्षाको प्रवद्र्धनका लागि उबुन्टु र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्रबीच औपचारिक साझेदारी भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा दुवै संस्थाबीच सहमति–पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा दुवै संस्थाले संयुक्तरूपमा उब–कन एसिया २०२५ सम्मेलन आगामी भदौ १३–१४ मा आयोजना गर्ने उल्लेख गरिएको छ । उबुन्टु नेपालका तर्फबाट आदित्य सिंह, उबुकन एसिया २०२५ आयोजक समितिका प्रमुख र सीएसआरआईका तर्फबाट डा शालिग्राम पराजुली अध्यक्ष तथा डा भोजराज घिमिरे महासचिवले हस्ताक्षर गरेका हुन् । सीएसआरआईका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा यस पहलको सुरुवात गरिएको हो । यो समझदारी र सहकार्य केवल सम्मेलन आयोजनासम्म सीमित नभई नेपालको सूचना प्रविधि क्षेत्रको दीर्घकालीन विकास र ओपन–सोर्स र साइबर सुरक्षा क्षेत्रको सुदृढीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
अब सीएसआरआई ‘कम्युनिटी पार्टनर’ को रूपमा उबु–कन एसिया २०२५ मा मान्यता प्राप्त गर्नेछ । यसको लोगो तथा ब्रान्डिङ निम्न माध्यमहरूमा समावेश गरिनेछ ।