काठमाडौं । पाटन उच्च अदालते जगदुल्लाको ठेक्का प्रक्रियाविरुद्धको रिटमा विपक्षीसँ जवाफ मागेको छ । न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले सिउ इन्फ्रास्टक्चर लिमिटेड र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन (एसआईएल थ्रीएचसी) ले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको हो ।
१०६ मेगावट जगदुल्लाको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐनविपरित टेन्डर प्रक्रिया बढाएको भन्दै अदालतमा रिट दायर गरेका थिए । उर्जामन्त्री समेत रहेका दीपक खड्का र जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाको मिलेमतोमा कम्पनीलाई ठेक्का पार्ने गरी साटघाटको सेटिङ मिलाएर सूचना प्रकाशित भएपछि ठेक्का प्रक्रिया विवादीत बनेको थियो । जेसीई एएनके जेभीले जगदुल्लाको ठेक्कामा झूठो कागजात बनाएको आरोप लागेको छ ।
अख्तियारमा उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान गरिरहेको समाचार स्रोतले बताएको छ । अदालतले दुबै पक्षलाई छलफलको लागि ३० गते पेसी तारिख तोकी विपक्षीलाई जनाकारी दिई नियमानुसार पेस गर्न भनिएको छ ।