काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८१/८२को नौ महिना (साउन–चैत)मा एक खर्ब २६ अर्ब १८ करोड १२ लाख ३० हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले एक करोड ३५ लाख ३९ हजार पाँच सय १० वटा बीमालेखमार्फत सो बीमाशुल्क सङ्कलन गरेका हुन् ।
राष्ट्रिय जीवन बीमा कम्पनीको गत चैत मसान्तसम्म सक्रिय जीवन बीमालेखको संख्या पाँच लाख ७१ हजार चार सय ९० छ । सो अवधिसम्म कम्पनीले आठ अर्ब १६ करोड ३५ लाख ६० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा सक्रिय जीवन बीमालेखको संख्या १५ लाख ३४ हजार नौ सय ७७ रहेकोमा कुल बीमाशुल्क आर्जन रकम १५ अर्ब ६४ करोड ११ लाख ६८ हजार रुपैयाँ रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा गत चैतसम्म सक्रिय जीवन बीमालेखको संख्या १९ लाख ६० हजार पाँच सय ३४ रहेकोमा कुल बीमाशुल्क आर्जन रकम ३३ अर्ब एक करोड ७८ लाख ३१ हजार रुपैयाँ छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडमा सक्रिय जीवन बीमालेखको संख्या छ लाख ८१ हजार नौ सय ८५ रहेकोमा कुल बीमाशुल्क आर्जन रकम १४ अर्ब तीन करोड ६३ लाख ६३ हजार रुपैयाँ छ ।
प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा मेट लाइफ इन्स्योरेन्स कम्पनी सक्रिय जीवन बीमालेखको संख्या सात लाख ६४ हजार आठ सय १८ रहेकोमा कुल बीमाशुल्क आर्जन रकम चार अर्ब ४४ करोड ४१ लाख एक हजार रुपैयाँ रहेको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीमा भने पछिल्लो अवधिमा आठ लाख २२ हजार सात सय २९ वटा सक्रिय जीवन बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन रकम छ अर्ब ४६ करोड ४३ लाख ५३ हजार रुपैयाँ रहेको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा पनि पछिल्लो अवधिमा छ लाख ६७ हजार पाँच सय ७२ वटा सक्रिय जीवन बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन रकम तीन अर्ब ७७ करोड ३१ लाख १३ हजार रुपैयाँ रहेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा भने चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा नौ लाख ८२ हजार तीन सय २९ वटा सक्रिय जीवन बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन रकम तीन अर्ब आठ करोड ५४ लाख ८४ हजार रुपैयाँ रहेको छ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पछिल्लो अवधिमा २४ लाख ८० हजार नौ सय ७८ वटा जीवन बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम तीन अर्ब ६९ करोड १२ लाख पाँच हजार रुपैयाँ रहेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा भने पछिल्लो अवधिमा १० लाख १५ हजार एक सय ९३ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम पाँच अर्ब आठ करोड ७१ लाख ७१ हजार रुपैयाँ पुगेको छ । यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा पनि पछिल्लो नौै महिनाको अवधिसम्ममा सात लाख १७ हजार ४८ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम सात अर्ब ६५ करोड ८० लाख तीन हजार रुपैयाँ पुगेको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा पनि चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा सात लाख पाँच हजार आठ सय १६ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम चार अर्ब ८४ करोड ६५ लाख ९२ हजार रुपैयाँ पुगेको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा भने चालू आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिसम्ममा चार लाख छ हजार तीन सय ८७ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम १२ अर्ब ५९ करोड ६९ लाख ८१ हजार रुपैयाँ रहेको छ । प्राधिकरणका अनुसार प्रभु महालक्षी लाइफ इन्स्योरेन्स कम्पनीमा भने पछिल्लो अवधिमा दुई लाख २७ हजार छ सय ५४ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम तीन अर्ब ६७ करोड ५३ लाख पाँच हजार रुपैयाँ पुगेको छ ।