काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन(नाइमा)ले अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्स्पो २०२५ आयोजना गर्ने भएको छ ।
आगामी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी सो एक्स्पो गर्न लागिएको नाइमाले जनाएको छ । नाइमाका अनुसार प्रदर्शनीले सम्पूर्ण अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्नुहुने सम्पूर्णमा नयाँ सकारात्मक दृष्टिकोण तथा ऊर्जा प्रदान गर्नेछ । साथै, अटोमोबाइल क्षेत्रमा समय समयमा भइरहने परिवर्तनका लागि नीति निर्माता, अटो क्षेत्रका विज्ञ, उद्योगीलाई एउटै ठाउँमा सहभागी गराई अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम् प्रविधि प्रदर्शन गर्ने विश्वास आयोजकको छ ।
प्रदर्शनीमा सहभागिताको लागि स्टल बुकिङ समेत खुला गरिएको छ । वैशाख २२ देखि खुला गरिएको बुकिङ वैशाख २९ गतेसम्म रहनेछ । इच्छुक कम्पनीहरूले बुकिङ फारममा आफ्नो आवश्यकता भर्न सक्नेछन् । अन्तिम स्टल बाँडफाट पारदर्शी लटरी प्रणाली मार्फत गरिने जनाईएको छ । दुई र चार पाङ्ग्रे सवारी साधन तथा हलुका व्यावसायिक सवारी साधन का लागि छुट्टाछुट्टै हलहरू नराखी प्रदर्शकले आफ्नो ठाउँ र स्थानको आवश्यकता अनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था गरिएको छ । यस प्रदर्शनीको व्यवस्थापन र संयोजन मिडिया स्पेस सोलुसन्स प्रा. लि. ले गर्ने भएको छ । विगतका अन्य प्रदर्शनीहरूको तुलनामा, नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न परिवर्तन तथा सुधारहरू हुने आयोजकको दाबी छ ।
‘नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ,’ नाइमाकी संस्थाप