काठमाडौं । नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले ’केई एक्सचेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएका छन् ।
काठमाडौंस्थित थापाथलीमा (केई सोरुम/हुन्डाई सोरुमको विपरीत दिशामा) आगामी वैशाख २६ देखि २८ गतेसम्म यो कार्निभल हुन लागेको हो । केई एक्सचेन्ज कार्निभलमा केईका विद्युतीय सवारी साधनमा आकर्षक अफरहरू ल्याएको छ । सो कार्निभलमा पुराना गाडीसँग ई–क्युट ०२, ई–क्युट ०४ र एक्स ३ प्रो गरी केई ईभीका तीन मोडल विशेष अफरका साथ एक्सचेन्ज गर्न सकिने छ ।
कम्पनीका अनसार ग्राहकहरूले यस एक्सचेन्ज योजनाअन्तर्गत विशेष अन–द–स्पट सवारीसाधन मूल्याङ्कन, उत्कृष्ट रिसेल भ्यालु, आकर्षक नगद छुट र प्रत्येक मूल्याङ्कनमा दुई जनाको लागि क्युएफएक्स हलमा फिल्मका टिकटहरू प्राप्त गर्न सक्छन् । थप रुपमा बीमा, सडक कर कभरेज र चयन गरिएका मोडेलहरूमा एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ । साथै, प्रत्येक बुकिङको साथ रोमाञ्चक रिवार्ड प्राप्त गर्न सकिने छ । ई–क्युट सवारी साधनसँग वोस जेट कार वासर र एक्स३ प्रो सवारी साधनको साथ वोस वासिङ मेसिन प्राप्त गर्न सकिने छ ।
यस कार्निभलको उद्देश्य स्मार्ट र थप रमाइलो तरिकाले विद्युतीय सवारी साधनमा स्तरोन्नति गर्न प्रोत्साहित गर्नु रहेको कम्पनीले जनाएको छ । कार्निभलले सुविधा, बचत र उत्सवहरूमा केन्द्रित हुँदै ईभीका पारखीहरू र उनीहरूका परिवारका लागि मनोरञ्जनसँगै केईका उत्पादन बारे जानकारी गराउने लक्ष्य राखेको छ । तीन विद्युतीय लाइन अप मोडेलहरू ई–क्युट ०२, ई–क्युट ०४ र एक्स ३ प्रोमार्फत केई अटोले आराम, शैली, सुरक्षा र उत्कृष्ट परफरमेन्ससहित आफ्ना उत्पादनमा दिगो नवीनता प्रदान गरेको छ । केई नेपालका अनुसार एक्स३ प्रोको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यसमा ग्राहकले छ लाखसम्मको फाइदा प्राप्त गर्न सक्नेछन् ।