काठमाडौं । प्रतिबन्धित विद्युतीय चुरोट पेप लाई स्वास्थ्य मन्त्रालयले प्रतिबन्ध लगाएपनि बजारमा जहीँतीँ छ्यापछ्याप्ती पाईने गरेको पाइएको छ । निर्देशिका २०७१ को दफा २८ को उपदफा ४ मा कसैले पनि पेपको उत्पादन, आयात, बिक्रीवितरण, सार्वजनिकस्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाइनेछैन, भन्ने व्यवस्था रहेको छ ।
तर बजारमा भन्सार छली गरेर ल्याएर अबैध बिक्रि वितरण गरेको पाइएको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्माइल योर च्वाइस र भेपकान्डु ट्रेडर्सको गोदाममा ठूलो मात्रमा पेप फेलापारेपछि सिलबन्दी गरेको थियो । गत चैत को पहिलो सातामा पनि बाह्रबिसे र लामोसाँघुमा करिब २१ लाख रुपैयाँको विद्युतीय चुरोट भेप बरामद गरेको थियो । सरकारले प्रतिबन्ध लगाएको पेप बजारमा पाईनुलाई सरकारको फितलो नियगमनको गतिलो उदाहरणको रुपमा लिन सकिन्छ ।