काठमाडौं । क्लोजअप मुख्य प्रायोजक रहेको गायन रियालिटी सो भोइस अफ नेपाल सिजन ६ को विजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । भोइस अफ नेपाल सिजन ६ को उपाधि प्रोशेष पाण्डेले जितेका छन् ।
यस वर्षको उत्कृष्ट चार प्रतिस्पर्धी रोशन राई, प्रोशेश पाण्डे, प्रमेश राई र अर्पणा आचार्यमध्ये पाण्डेले विजेताको उपाधिसँगै नगद एक लाख रुपैयाँ जितेका हुन् । यस सिजनको शीर्ष प्रायोजक क्लोजअपले विजेता प्रोशेश पाण्डेलाई एक लाख रुपैयाँको नगद पुरस्कार प्रदान गरेको जनाएको छ । सो पुरस्कार युनिलिभर नेपालका कानुन प्रमुख तथा कम्पनी सचिब गोविन्द शाहीद्वारा प्रदान गरिएको थियो ।