लहान । लहानमा दर्जनौं पसलहरु मपदण्ड विपरित सञ्चालन भएको हुँदा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगञ्ज तथा इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानमा बजार अनुगमन गरिएको छ ।
बजार अनुगमन गर्दा अधिकांश पसल मूल्य सूची बेगर नै सञ्चालनमा रहेको, व्यवसायको नविकरण नगरिएको र खरिदबिक्रीको बिलबिजक नभएको रहेको पाइएको छ । यस्ता पसलहरु मध्ये समया ट्रेडर्सलाई १५ हजार, श्याम इलोक्ट्रेललाई १० हजार, अनिता जेनरल स्टोर्सलाई २० हजार र माँ इन्टरप्राइजेजलाई ५ हजार अनुगमन टोलीले जरिवना तोकेको छ ।
तीन दिनभित्र पसलमा मूल्य सूची राख्न र आवश्यक कागजात इलाका प्रशासन कार्यालयमा बुझाउन महाबीर बस्त्रालय, बाबा फेन्सी स्टोर्स, नीतिश ट्रेडर्स एण्ड सप्लायर्स, विवेक शु सेन्टर,प्रिया जेनरल स्टोर्स, ओम किराना, हरे कृष्ण इम्पेरियन र अर्चिड क्याफेलाई निर्देशन दिइएको इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायले जानकारी दिएका छन् ।
पहिलो पटक भएको बजार अनुगमन अखाद्यवस्तु विक्री गर्ने व्यवसायीहरुलाई सचेत गराइएको र दोस्रो पटक गरिने अनुगमनमा मापदण्ड पुरा गरिएको नपाएमा कनुन बमोजिम कार्वाही गरिने वाणिज्य आफूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, वीरगञ्जका प्रतिनिधि मधुरेश प्रसाद साहले प्रष्टपारे ।