काठमाडौं । इम्बार्क कलेज पुल्चोक ललितपुरमा ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने भएको छ । मेन्टरल्याब नेपाल र एम्बार्क अनम्याथ प्रालिले नेपालमा म्याथ म्याजिकल बनाउन ‘अनम्याथ म्याथ टक’ कार्यक्रमको आयोजना गर्ने भएका हुन् ।
यस नवीन कार्यले कक्षा ५ देखि १० सम्मका विद्यार्थीका लागि अति अप्ठ्यारो लागिरहेको कुरालाई आकर्षक, वास्तविक र विश्व अनुभवहरूमा रूपान्तरण गरेर गणित शिक्षाको परम्परागत दृष्टिकोणलाई चुनौती दिने आयोजकको दाबी छ । यस कार्यक्रमको नेतृत्व अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गणित शिक्षाविद् दिवेश बठीजाले गर्ने छन् । बठीजा अनम्याथ स्कूलका सह–संस्थापक समेत हुन्, उनको क्रान्तिकारी शिक्षण विधिले भारत, नेपाल र युएईका हजारौँ युवा विद्यार्थीहरूलाई प्रेरित गरेको छ । शिक्षाविद् दिवेश बठीजाका अनुसार गणित भनेको कण्ठस्थ गर्ने विषय होइन यो त खोजको विषय हो । ‘जब विद्यार्थीहरूले उनीहरूको दैनिक जीवन र वरपरको संसारसँग गणित कसरी जोडिएको रहेछ भन्नेकुरा थाहा पाउँछन् तब गणितको वास्तविक सिकाइ सुरु हुन्छ’, उनले भने ।
कार्यक्रममा सहभागीहरूले विभिन्न गतिविधिहरूमा आफैँ प्रत्यक्षरूपमा संलग्न भई गणितलाई इमर्सिभ तरिकाले अनुभव गर्नेछन्, यसले मनोरञ्जन दिँदै सिकाइलाई रमाइलो बनाउनेछ । त्यस्तै, गणितसँग सम्बन्धित बहसहरूले जीवन्त बनाउने छ भने गणितप्रति विद्यार्थीहरूको आलोचनात्मक सोचलाई अझै तीखो बनाउँछ । साथै, कार्यक्रममा कथा सुनाउने सत्रहरूले गणितीय अवधारणाहरू पछाडिका रोचक इतिहासलाई समेत प्रकट गर्नेछ । यो विशेष र अनौठो कार्यक्रम भएकाले सिट सीमित छ । अभिभावक, शिक्षक र सरोकारवालाहरूलाई आफ्ना बालबालिका र विद्यार्थीहरूलाई चाँडै आफ्नो नाम दर्ता गर्न अनुरोध पनि गरिएको छ । सहभागिता सुनिश्चित गर्नुप्रति सहभागी ९९ रुपैयाँ मात्र प्रवेश शुल्क राखेको आयोजकले जनाएका छन् ।