काठमाडौं । व्यवसायी अजेयराज सुमार्गीलाई ३५ दिनभित्र ऋण तिर्न प्रभु बैंकले ताकेता गरेको छ ।वैशाख २२ गते सार्वजनिक सूचना निकालेर बैंकले ३५ दिन भित्र कर्जा चुक्ता भुक्तानी हुने मितिसम्मको बैंकलाई तिर्नु बुझाउनु पर्ने सम्पूर्ण रकम चुक्ता फर्छ्यौट गर्न गराउन बैंकले सार्वजनिक गरेको सूचना जारि गरेको छ ।

पटक पटक मौखिक र लिखित ताकेता गर्दा समेत सुमार्गीले पूर्ण वेवास्थ‍ा गरेको भन्दै बैंकले सार्वजनिक सूचना नै निकालेको बताएको छ ।