काठमाडौं । बजाज नेपालले ह्विल्स अफ मेमोरी फोटोग्राफी प्रतियोगिता आयोजना गरेको छ । यो प्रतियोगिताले राइडरहरू मात्र नभई नेपालको समृद्ध सांस्कृतिक पाटोलाई पनि सम्मान गरेको छ ।
प्रतियोगितामा नेपालभरिका बजाज राइडरहरूलाई १२ नेपाली महिनाहरू प्रतिनिधित्व गर्ने तस्बिरहरू सेयर गर्न आमन्त्रण गरिएको थियो । यो अभियानले उल्लेख्य सहभागितासँगै बजाज र ग्राहकबीचको बलियो सम्बन्धलाई नेपालका विभिन्न स्थान, समय र सन्दर्भअनुसार अझै आत्मीयरूपमा झल्काउने अवसर प्रदान गरेको छ । प्रतियोगितामा ७० भन्दा बढी सहभागीहरूबाट सिर्जनात्मक, कलात्मक र भावनात्मक तस्बिरहरू प्राप्त भएको छ । तीमध्ये बहुपक्षीय मूल्याङ्कन अनुरूप १२ जना विजेता छनोट गरिएको छ । सम्मान स्वरूप यी १२ फोटोग्राफीलाई आगामी बजाज नयाँ वर्ष २०८२ को आधिकारिक क्यालेन्डरमा विशेष स्थान दिइने कम्पनीको योजना छ । प्रत्येक विजेताले १० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पनि जित्नेछन् ।