काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत एक सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सब–इन्जिनियर कुमार पौड्यालविरुद्ध आइतबार ३ करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको छ । उनले गैरकानुनी रूपमा पदीय मर्यादा विपरीतका कार्यहरूगरी सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ ।