काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र बैंकको गभर्नर सिफारिस समिछिका सदस्य महाप्रसाद अधिकारीविरुद्ध परेको रिट निवेदन दर्ता गरेको छ । अधिवक्क्ता नवीन धितालले २५ गते दायर गरेको रिट आइतबार दर्ता भएको पाइएको छ । उक्त रिटको ३० गतेलाई पेसी सारिएको छ । दायर गरिएको रिटमा सरकारले गठन गरेको ३ सदस्यीय सिफारिसमा अधिकारी बस्नै नमिल्ने र उनी संलग्न समितिले गरेको सिफारिस गैरकानुनी हुने जिकिर गर्दै रिद दायर भएको हो ।