काठमाडौं ।लघुवित्त वित्तीय संस्थाहरू सम्हालिएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश लघुवित्त कम्पनीहरू नोक्सानीमा थिए । तर तेस्रो त्रैमासमा एकाधबाहेक सबैजसो संस्थाले नाफा कमाएको देखिन्छ ।क्षेत्रीय, प्रादेशिक, जिल्लागत र राष्ट्रियस्तरका समेत गरी हाल ५२ वटा लघुवित्त वित्तीय संस्थाहरू सञ्चालनमा छन् । जसमध्ये यस आर्थिक वर्षको तेस्रो त्रैमासमा ३६ वटाले वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था ११ करोड ६० लाख ५८ हजार रुपैयाँ खुद नोक्सानीमा छ । गत आर्थिक वर्षको सोही अवधिमा नेस्डोले चार करोड ५० लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस आर्थिक वर्षको तेस्रो त्रैमासमा सामुदायिक लघुवित्त वित्तीय संस्था पनि नोक्सानीमा गएको छ । यो लघुवित्त एक करोड एक लाख २४ हजार रुपैयाँ खुद नोक्सानीमा छ । गत आर्थिक वर्षको सोही अवधिमा संंस्थाको यस्तो नाफा चार करोड ५९ लाख ५७ हजार रुपैयाँले ऋणात्मक थियो । यीबाहेकका सबै लघुवित्त कम्पनीहरू नाफामा छन् ।गुराँस लघुवित्त वित्तीय संस्थाले दुई करोड ७१ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा दुई करोड २४ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो । सपोर्ट लघुवित्तले पनि तीन करोड छ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक करोड २३ लाख ४० हजार रुपैयाँ कमाएकोे थियो । हिमालयन लघुवित्तले पनि यस आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक करोड १३ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४८ करोड ८१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा २१ करोड १३ लाख ११ हजार रुपैयाँ कमाएको थियो । मेरो माइक्रोफाइनान्सले पनि यस वर्ष तेस्रो त्रैमासमा १२ करोड ९३ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १२ करोड ३८ लाख ४२ हजार रुपैयाँ कमाएको थियो । डिप्रोक्स लघुवित्तले पनि यसपटक ४३ करोड २१ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा २५ करोड २९ लाख ८१ हजार रुपैयाँ कमाएको थियो । आत्मनिर्भर लघुवित्तले पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड १४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक करोड २७ लाख पाँच हजार रुपैयाँ कमाएको थियो ।
फस्र्ट माइक्रोफाइनान्सले पनि पछिल्लो समय सात करोड छ लाख ३९ हजार एक सय १६ रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १३ करोड दुई लाख २६ हजार रुपैयाँ कमाएकोे थियो ।ग्लोबल आइएमई लघुवित्तले यसपटक १५ करोड तीन लाख ३१ हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १० करोड ७२ लाख ३२ हजार रुपैयाँ कमाएको थियो । गणपती लघुवित्तले दुई करोड ३३ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा ८५ लाख ७९ हजार ९८ रुपैयाँ कमाएको थियो । लक्ष्मी लघुवित्तले पनि यसपटक पाँच करोड दुई लाख ३९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिमा चार करोड ४४ लाख ३३ हजार रुपैयाँ कमाएको थियो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आशा लघुवित्तले छ करोड ५५ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा तीन करोड ८८ लाख १९ हजार रुपैयाँ कमाएको थियो । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले छ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष पाँच करोड २५ लाख ९९ हजार रुपैयाँ कमाएको थियो । मिथिला लघुवित्तले पाँच करोड ३२ लाख ३८ हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा तीन करोड ५४ हजार रुपैयाँ कमाएको थियो । कालिका लघुवित्तले छ करोड ८० लाख ४४ रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले तीन करोड २१ लाख २६ हजार कमाएको थियो । युनिक नेपाल लघुवित्त वित्तीयले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन करोड ३५ लाख १९ हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा तीन करोड ८४ लाख २९ हजार कमाएको थियो ।
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले १६ करोड दुई लाख ४२ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सात करोड ३१ लाख ८४ हजार कमाएको थियो । जीवन विकास लघुवित्तले ३५ करोड ५६ लाख ८८ हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २६ करोड ६५ लाख २९ हजार कमाएको थियो ।सिर्जनशील लघुवित्तले दुई करोड ३६ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा दुई करोड ४३ लाख ६८ हजार रुपैयाँ कमाएको थियो । मानुषी लघुवित्तले ९३ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७२ लाख पाँच सय रुपैयाँ नोक्सानीमा थियो । फस्र्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन करोड ६१ लाख ८० हजार रुपैैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड ६५ लाख ६३ हजार कमाएको थियो । सिर्जनशील लघुवित्तले पनि दुई करोड ३६ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा दुई करोड ४३ लाख ६८ हजार रुपैयाँ कमाएको थियो ।
महुली लघुवित्तले पनि चार करोड पाँच लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा यो लघुवित्तले तीन करोड २२ लाख ८५ हजार रुपैयाँ कमाएको थियो । अभियान लघुवित्तले पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म दुई करोड २५ लाख दुई हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने दुई करोड २३ लाख रुपैयाँ नोक्सानीमा थियो ।सूर्योदय वोमी लघुवित्तले पनि यसपटक सात करोड ८६ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले दुई करोड २९ लाख ३८ हजार रुपैयाँ कमाएको थियो । उपकार लघुवित्तले पनि दुई करोड २३ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष ७२ लाख ९८ हजार रुपैयाँ कमाएको थियो । एनएमबी लघुवित्तले पनि यसपटक दुई करोड ७५ लाख २५ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सात करोड ४९ लाख ३५ हजार रुपैयाँ नोक्सानीमा थियो ।
सम्पदा लघुवित्तले पनि यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० करोड ७० लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्त छ करोड १२ लाख १८ हजार रुपैयाँ नाफामा थियो । उन्नति सहकार्य लघुवित्तले पनि तेस्रो त्रैमासमा तीन करोड ७९ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९८ लाख ५४ हजार ७७ रुपैयाँ नाफामा थियो । साना किसान विकास लघुवित्तले पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५४ करोड ५० लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५३ करोड ४५ लाख ७१ हजार रुपैयाँ नाफामा थियो ।