काठमाडौं । नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले यही जेठ १६ गते चितवनको भरतपुरस्थित भरतपुर गार्डेन रिर्सोटमा आफ्नो दोस्रो वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले सञ्चालकहरूको निर्वाचन, गत आर्थिक वर्षको वित्तीय विवरणलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।