काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड तीन लाख ३१ हजार आठ सय ६७ रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १० करोड ७२ लाख ३२ हजार एक सय ११ रुपैयाँ थियो ।
हाल चुक्ता पुँजी ६१ करोड ८९ लाख ४५ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा तीन अर्ब ४२ करोड ३७ लाख ९९ हजार छ सय ५६ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ७० करोड नौ लाख ५७ हजार चार सय दुई रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५३ करोड ७२ लाख एक हजार छ सय २६ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर पाँच दशमलव ८० प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले तीन अर्ब सात करोड चार लाख ९० हजार आठ सय २५ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ५० करोड १९ लाख ५९ हजार नौ सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४४ करोड ६१ लाख १७ हजार ५४ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव २२ प्रतिशत रहेको थियो ।