काठमाडौं । नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैंकिङ लाउन्ज सुरू गरेको छ । बैंकका डेपुटी सीईओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमकाबीच उक्त लाउन्जको उद्घाटन गरेका हुन् ।
ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरूप लाउन्ज सुरू गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महाराजगञ्ज र कौशलटार शाखाबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएकोे छ । लाउन्ज उद्घाटन गर्दै डेपुटी सीईओ पाण्डेले भने, ‘नबिल बैंक ग्राहकलाई विश्वस्तरीय बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध छ । ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौं,’ उनले भने, ’ग्राहकसँग कारोबारमा मात्रै सीमित नभई दीर्घकालीन सम्बन्ध बनाउनेमा हामी विश्वास गछौँ ।
नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकले रिलेसनसिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, व्यक्ति केन्द्रित सेवा लिन, सहज बैंंकिङ लाउन्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिनसक्ने जनाइएको छ । नबिल प्रायोरिटी बैंकिङसम्बन्धी थप जानकारीका लागि बैंकको वेबसाइटमा लगइन तथा ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क गर्न सकिनेछ । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको दुई सय ६८ वटा शाखा र तीन सय २० वटा एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोशेढुंगाको रूपमा काम गर्दै आएको छ ।