काठमाडौं, साउन १९ साना किसान विकास लघुुवित्त वित्तीय संस्थाका सञ्चालक उपहारराज घिमिरेको राजीनामा स्वीकृत भएको छ । संस्थाको यही साउन १५ गते बसेको सञ्चालक समितीको बैंकले सञ्चालक घिमिरेको राजीनामा स्वीकृत गरेको हो । संस्थाका अनुसार घिमिरे २०७६ असार तीन गते संस्थाको सञ्चालक पदमा नियुुक्त भएकोमा एक वर्षको कार्यकालमा नै राजीनामा दिएका हुुन् । (आर्थिक दैनिकबाट)