काठमाडौं । काठमाडौंको मखन टोलमा बुधबार बिहान आगलागी भएको छ । आगलागीमा परेर एक महिलाको मृत्यु समेत भएको छ । उनको सनाखत भने अझै भैसकेको छैन ।

सुरज आर्केड पछाडी दयाराम श्रेष्ठको घरमा आगलागी भएको थियो । अहिले आगो निभाउन नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी र ललितपुर महानगर र काठमाडौं महानगरको दमकल परिचालन गरिएको छ । यस घटनाको पुरा बिवरण भने आउन बाकी रहेको छ ।