लुम्बिनी । लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन बुधबारदेखि सुरु हुँदै छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष प्रदेश सरकार मन्त्रिपरिषद्को वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।
प्रदेश प्रमुख घर्तीले संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक आह्वान गरेका हुन् । बुधबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिने, प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउने कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । प्रदेश सरकारले आगामी जेठको पहिलो साता नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ ।