काठमाडौं । एनआईसी एसिया लघुवित्तले गण्डकी प्रदेशअन्तर्गतको शाखा कार्यालय मगरकोटमा वैशाख २९ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय जनप्रतिनिधि टेक नारायण महतो तथा मगरकोट उप–प्रदेश कार्यालयका अनुगमन अधिकृत भुवनराज भट्टको उपस्थितिमा सञ्चालन गरिएको कार्यक्रममा शाखाका शाखा प्रमुख गोपाल सुनारलगायत कर्मचारीहरूको पनि उपस्थिति थियो । उक्त कार्यक्रममा करिब ४० जना महिला सदस्यहरूको सहभागिता रहेको थियो ।
यसैगरी लघुवित्तको बाङ्गेसिमल शाखाद्वारा पनि वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा लघुवित्तका कर्णाली प्रदेश प्रमुख नवराज सिंह, उप–प्रदेश कार्यालय बाङ्गेसिमलका अनुगमन अधिकृत गणेश पुन मगरलगायत बाङ्गेसिमल शाखामा कार्यरत कर्मचारीसहित ५५ जना सदस्यको उपस्थिति थियो ।
लघुवित्तको बेस्तडा शाखा दैलेखले तीन दिने आधारभूत बाख्रापालन तालिम कार्यक्रम सम्पन्न गरेको छ । वैशाख २७ देखि २९ सम्म चलेको तालिममा सहभागी सम्पूर्ण सदस्यहरूले सकारात्मक प्रतिक्रिया दिँदै तालिमले आगामी दिनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । कार्यक्रममा भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा, उपाध्यक्ष मिना कुमारी खड्का, पशु प्राविधिक प्रशिक्षक गणेश राज जोशी, विनेश परियारलगायतको उपस्थिति थियो ।