काठमाडौं । ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरूको वित्तीय आवश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरूलाई मासिक किस्तामा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ ।
वाई ह्वाट यु लभ, पे हाउ यु लाइक भन्ने योजनामा ग्राहकहरूले महालक्ष्मी क्रेडिट कार्डमार्फत आफूले खरिद गरेको सेवा वा वस्तुको मूल्यको भुक्तानी तीन महिनादेखि १२ महिनासम्मको लचिलो अवधि रहने गरी मासिकरूपमा भुक्तानी गर्न मिल्ने गरी रूपान्तरण गर्न सक्नेछन् । नेपाल, भारत वा भुटानभित्र जुनसुकै स्थानबाट जुनसुकै विक्रेता, सप्लायर्स वा डिलरहरूबाट सेवा वा वस्तु खरिद गर्दा ग्राहकहरूले मासिक किस्तामार्फत भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफूले खरिद गरेको बिल पेश गरेपश्चात् महालक्ष्मी विकास बैंकले सहजरूपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ र यसरी यस योजनाअन्तर्गत मासिक किस्तामा परिवर्तन गर्दा बैंकले इएमआई प्रोसेसिङमा शुल्क लिनेछैन ।
बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।